Logo
Logo

काठमाडौंमा सईसहित दुई प्रहरीमा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौैं, ७ जेठ ।
काठमाडौंमा पनि प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । सई र एक जवानमा संक्रमण पुष्टि भएको हो । दुवै जना महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत थिए ।


डिउटीकै क्रममा उनीहरुलाई संक्रमण भएको आशंका गरिएको छ । यसले काठमाडौंमा अन्य प्रहरीलाई पनि त्रसित बनाएको छ । कालिमाटी वृत्तका अन्य प्रहरीको पनि परीक्षणको तयारी भइरहेको छ ।
स्वास्थ्य सुरक्षाका पर्याप्त स्रोत साधन नहुँदा फ्रन्टलाइनमा बस्ने प्रहरीमा जोखिम बढेको हो ।
यसअघि उपत्यका बाहिर १० जना प्रहरीमा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्