Logo
Logo

उपचारको क्रममा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, ७ जेठ । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो ।
परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मंगलबार बिहान मृत्यु भएको थियो । चार महिनाअघिदेखि क्षयरोगको संक्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ ।
यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी युवतीको पनि कोरोना संक्रमण नेगेटिभ देखिएको छ । पौडेलका अनुसार सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिन्धुुलीबाट आएका कारण कोरोना संक्रमण हुनसक्ने आशंका गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्