Logo
Logo

माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्दै 


252
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी शत्रुधन केसीको नाममा रहेको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जडिए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्