Logo
Logo

पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई टीका लगाइदिने


315
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मला निवासमा टीका लगाइदिने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय भएको जनाएको हाे ।

फाइल फोटो

पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले टीका लगाइदिने संवाद सचिवालयका सचिव डा. फणिन्द्र पाठकले बताए । भुटान भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्