Logo
Logo

काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रो सिन्धुलीमा पल्टियो


2.3k
Shares

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ । १९ यात्रु सवार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे कमलामाई नगरपालिका– ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो ।

सडकबाट नालीमा खस्दा माइक्रोका चालकसहित १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए ।

घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको एसपी काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्