Logo
Logo

बाहुनीडाँडामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध


504
Shares

खोटाङ । वर्षाका कारण गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुई ठाउँ र च्यास्मिटार ३ मा एक ठाउँ पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

बाहुनीडाँडाको गोरुमारेमुनि र डौँठेखोला माथि पहिरोले सडक अवरुद्ध भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । त्यस्तै च्यास्मिटारको जोरसिमल नजिक बयक्तमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

पहिरोले अवरुद्ध सडक खुलाउने तयारी भइरहेको उनले बताए । खोटाङमा रहेको सडक विभाग र मध्यपहाडी लोकमार्ग डोजर सिन्धुली लगिएकाले सडक खुलाउन ढिला भएको गिरीले बताए । सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराईबाट आएका गाडी डौँठे खोलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसीमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्