Logo
Logo

नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी साधन सञ्चालनमा रोक


1k
Shares

काठमाडौं  । चितवनको नारायण घाटदेखि काठमाडौँसम्मका सडकमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यातायात व्यवस्था विभागले खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधनबाहेक ट्रेलर लगायतका अन्य सवारी साधन घटस्थापनादेखि पूर्णिमासम्म सञ्चालनमा रोक लगाएको हो । 

विभागले सूचना जारी गर्दै ट्रेलर लगायतका ठूला सवारी साधन २०८१ असोज १७ गते घटस्थापनादेखि कार्तिक १ गते पूर्णिमासम्म नारायण घाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाएको जानकारी दिएको छ । 

प्रचलित कानुनबमोजिम आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात÷निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौँसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्