Logo
Logo

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग


378
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुल काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर बैंकले हस्तान्तरण गरेको हो ।

मिति २०८१ आश्विन १६ गते एक कार्यक्रमका बीच महानगरीय प्रहरी वृत्त मालीगाँउका कार्यालय प्रमुख तथा प्रहरी बरिष्ठ नायब निरिक्षक वसन्त थापालाई बैैंकका बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसबाट मालीगाँउ तथा कालोपुल वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । साथै आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्