Logo
Logo

स्याङ्जामा जिप दुर्घटना हुँदा ७ जना घाइते


315
Shares

काठमाडौँ । स्याङ्जाको स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् ।

जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्