Logo
Logo

चितवनमा रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झण्डा


1.1k
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किने क्रममा लामिछानेविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए । सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्