Logo
Logo

ग्लोबल आईएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता


189
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

समझदारीपत्रमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अस्पतालले बैंकको डेबिट/क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई स्वास्थ्य सेवाहरूमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।

अस्पतालमा बैंकका ग्राहकहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शय्या शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेसन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस्