Logo
Logo

भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्छ : नारायणकाजी श्रेष्ठ


504
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् ।  

शनिबार काठमाडौंमा नेपाल-भेनेभुएला मैत्री सङ्घ को घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम सत्तामाथि हमला गर्न नहुने र आफूहरू पनि कुनैपनि देशमाथिको हस्तक्षेप नचाहने बताएका हुन् 

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा नै सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । देशको स्वाधीनकाका पक्षमा सँधै अडान दिने भन्दै त्यसलाई अन्य देशले अन्यथा लिन नहुने उनको भनाइ छ ।

उनले देशको भूराजनीतिक अवस्थाले उत्पन्न गरेको संवेदनशीलता र चूनौतिहरु धेरै भएकाले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने, पञ्चशिलको मान्यता र संयुक्त राष्ट्रसङ्घको वडापत्रलाई मूल आधार बनाएर अघि बढ्नुपर्ने बताए । 

त्यस्तै, उनले अन्य सहभागीहरूले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई थप प्रगाढ गर्नुपर्नेमा जोड दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्