Logo
Logo

घनश्याम स्मृति प्रतिष्ठानद्वारा विद्यालयलाई पुस्तक हस्तान्तरण


252
Shares

दाङ । दङाली कम्युनिष्ट आन्दोलनका लोकप्रिय नेता घनश्याम बुढाथोकीको सम्झनामा स्थापित घनश्याम बुढाथोकी स्मृति प्रतिष्ठानले शनिबार घोराही–७ स्थित श्री रात्रि प्रावि सुक्रवारमा एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको छ ।

स्वर्गीय नेता बुढाथोकीको स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्र्र्दै आइरहेको प्रतिष्ठानले बुढाथोकीको १२ औँ स्मृति दिवसका अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।

घनश्याम बुढाथोकी एक इमानदार शिक्षक, सादाजीवन र उच्च विचार बोकेको नेता भएको बताउँदै प्रतिष्ठानका अध्यक्ष छविलाल वलीले बुढाथोकी जस्ता नेतालाई बिर्सन नहुने धारणा राखेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका महासचिव सूर्य बिसीले भने, ‘घनश्याम बुढाथोकीले देश, जनता र समाजका लागि इमानदारीपूर्वक आफ्नो कर्तव्य निभाउनुभयो । उहाँ शिक्षाप्रेमी पनि हुनुहुन्थ्यो । गरिब जनताका आसाका केन्द्र हुनुहुन्थ्यो । त्यसकारणले पनि उहाँका सपना पुरा गर्न, थोरै भएपनि सामाजिक योगदान गर्नका लागि प्रतिष्ठान गठन गरिएको हो । यसले क्रमशः आफ्ना गतिविधि अघि बढाउने छ ।’

विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेलले प्रतिष्ठानले बालबालिका, शिक्षक र अभिभावकका लागि अति नै उपयोगी पुस्तकहरु प्रदान गरेकोमा आभार व्यक्त गरिन् । विद्यालयलाई रु. तीस हजार पाँच सय चौरासी बराबरको ज्ञानबद्र्धक पुस्तकहरु प्रदान गरिएको प्रतिष्ठानका महासचिव बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्