Logo
Logo

नारायणगढ-मुग्लिङ सडकमा दुई गाडीमा ढुंगा खस्यो, ५ जना घाइते


441
Shares

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा ढुंगा खसेर लाग्दा पाँच जना घाइते भएका छन् । शनिबार राति काठमाडौंबाट बर्दिया र नारायणगढ गइरहेको दुई वटा गाडीमाथि ढुंगा खस्दा एउटा गाडीका यात्रुलाई केही नभए पनि अर्को गाडीका पाँच जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार ढुंगाले लागेका दुवै गाडी आ–आफ्नो गन्तव्यतर्फ गइसकेका छन् । काठमाडौंबाट बर्दिया गइरहेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बा प्र ०६–००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि हिजो राति सवा आठ बजेतिर ढुंगा खसेको थियो ।

ढुंगाले लााग्दा बर्दिया जााने बसका पाँचजना यात्रु घाइते भएका हुन् । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् । माइक्रोबसका यात्रुलाई केही नभएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्