Logo
Logo

ईश्वर र फरिताको ‘कस्तो हो यो माया’ (भिडियो)


252
Shares

काठमाडौं । अभिनेता ईश्वर थापाको शब्दरचना तथा अभिनय रहेकाे नयाँ म्युजिक भिडियो ‘कस्तो हो यो माया’ दर्शकमाझ आएको छ । लामो समयदेखि क्यानडामा बस्दै आएपनि अभिनेता थापाले नेपाली कला, संस्कृति र माटोप्रतिको मायालाई संगाल्दै आएका छन् । यसैको निरन्तरतास्वरुप उनले पछिल्लो समय यो भिडियो ल्याएका हुन् ।

विदेशमा रहेर पनि नेपाली कला क्षेत्रमा केही गरौँ भन्ने सोचले यो भिडियो ल्याएको चलचित्र निर्मातासमेत रहेका अभिनेता थापाको भनाइ छ । ‘कस्तो हो यो मायाँ’ बोल गीतको यो भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

क्यानडाको विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको यस भिडियोमा निर्देशक हेरुका लामाले ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् । ईश्वर थापाको शब्द र लेखु सहयात्रीको संगीत रहेको यस गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्