Logo
Logo

दाउन्ने सडक दुईतर्फी नै सञ्चालन


252
Shares

काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेपछि दुईतर्फी नै यातायात सेवा सञ्चालन हुन थालेको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले सडक दुईतर्फी नै सञ्चाचलनमा आएको जानकारी दिए । शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

दाउन्ने सडकमा अहिले दुईतर्फी नै यातायात सेवा सञ्चालन भए पनि फेरि सडक भासिने जोखिम भने कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्