Logo
Logo

५ वर्षपछि काठमाडौं–रुम्जाटार हवाई उडान पुनः सुरु


441
Shares

काठमाडौं । ओखलढुंगाको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार रुम्जाटार विमानस्थलबाट पुनः उडान सुरु भएको हो ।

विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतबार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ । काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर उडेको समिट एयरले रुम्जाटारमा अवतरण गरेको थियो ।

वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।

यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए । अब प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन् । काठमाडौँ–रुम्जाटारको भाडा चार हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्