Logo
Logo

पाँचखालका मेयरले तीन वर्षको तलब बाढीपहिरो पीडितलाई दिने


0
Shares

काठमाडौं । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधावापत आउने रकम बाढीपहिरो पीडितलाई दिने घोषणा गरेका छन् ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट निर्णय नै गराएर उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ काभ्रे जिल्लाका बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

योसँगै खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य, गणेश लामालगायतले नमोबुद्द, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुरलगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्