Logo
Logo

कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु


2.4k
Shares

काठमाडौं । मोरङको बेलबारीमा कार र मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

आइतवार साँझ ६ः४५ बजेतिर बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक कार र मोटरसाइकल ठोकिएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भइ हाल अस्थायी प्रहरी चौकी नडाहा, सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको डिएसपी जोशीले बताए ।

दुर्घटनामा गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरी जवान राई मोटरसाइकल चालक हुन् ।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्