Logo
Logo

खुर्कोटमा बेलिब्रिज जडान शुरू, एक सातामै तयार हुने


693
Shares

काठमाडौं । नेपाली सेनाले बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज हाल्न सुरु गरेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट जोड्न १० वर्षअघि बनेको सुनकोशी माथिको १०० मिटर मध्ये ५१ मिटर पुल बाढीले बगाएको थियो ।

पहिलो चरणमा पुलको सिन्धुलीतर्फको बाँकी भागको सरसफाइ र पारी रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने नमिल्नेबारे प्राविधिक जाँच भइरहेको बेलिब्रिज निर्माणमा संलग्न १४ नं बाहीनीको पुल महाशाखाले जनाएको छ ।

रामेछापतर्फको पिल्लर प्रयोग गर्न मिल्ने अवस्था भइ इक्विपमेन्टहरु सबै आइपुगेमा एकसातामै बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुने सेनाका प्राविधिकले बताएका छन् ।

र्याफ्टिङ मोटरबोट प्रयोग गरेर सेनाका प्राविधिकहरु सुनकोशी नदी पार गरी रामेछापतर्फको पिलर जाँच गरिरहेका छन् ।

पिलर पुनः बनाउनु परेमा भने तीन महिना लाग्नेछ । रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुंगाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोशी नदीको पुल बरदान सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्