Logo
Logo

फासिङ फेसन कार्निभल-२०२४ सम्पन्न


1k
Shares

काठमाडौं । फासिङ फेसन कार्निभल–२०२४ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा शनिवार साँझ राजधानीको सिलौंटो कटेजमा आयोजित सो कार्यक्रमको संयोजन फासिङ फेसन बुटिकले गरेको हो ।

कार्यक्रममा फासिंङ फेसन बुटिकद्वारा निर्मित सांस्कृतिक तथा आधुनिक परिधानको फ्युजन तथा साडीको प्रस्तुती गरेर करिब दर्जन मोडलहरुले दुई वटा सिक्वेन्समा आफुलाई र्याम्पमा उतारेका थिए ।

करिब एक दशक भन्दा लामो समयदेखी फेसन क्षेत्रमा क्रियाशिल फासिङ फेसन बुटिकले युवापुस्ता तथा सबै वर्ग क्षेत्रका महिलाहरुलाई लक्षित पोशाकहरुको पर्वधनात्मक प्रस्तुती गरेको थियो ।

फासिङ फेसन कार्निभल–२०२४ को कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर एवं इभेन्टकर्मी हिमानी सुब्बाले गरेकी थिइन भने मोडल एवं डिजाइनरहरुको प्रस्तुती पश्चात सोज टपरको रूपमा हिमानी स्वयं स्टेजमा उत्रिएकी थिइन ।

कार्यक्रममा विविध कलाकारहरुको नृत्य प्रस्तुती रहेको थियो भने कार्यक्रमको बिचमा चर्चित पप गायक धिरज राई आफ्नो चिरपरिचित स्टाइलमा स्टेजमा झुल्किँदा दर्शक प्रफुल्लित भएका थिए ।

गायक राईले दर्शकलाई आफ्ना केही चर्चित गीतहरु सुनाएका थिए । सो फेसन कार्निभल बुटिकको सृजना पस्किनुको साथै सांस्कृतिक एवं आधुनिक पहिरनको फ्युजन दर्शक सामु पस्किनु रहेको फासिंङ फेसन बुटिक की डिजाइनर आस्मती साम्सुहाङ लिम्बुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्