Logo
Logo

सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु


1.1k
Shares

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटना नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानको मृत्यु भएको छ ।

आइतबार कोशी राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक कार र मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । उनी अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत थिए । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसेका उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत रहेका थिए ।

दुर्घटनामा सोही मोटरसाइकल चालक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन् । दुर्घटनालगत्तै प्रहरीले मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका – ६ का ३० वर्षीय सुवास झाँगडलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्