Logo
Logo

इरानको हवाई सेवा पुनः सञ्चालन


एजेन्सी

252
Shares

तेहरान । इजरायलले इरानमा गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको छ । तर स्थितिको मूल्याङ्कनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन् ।

इरानको नागरिक उड्डयन सङ्गठनका प्रवक्ता जाफर याजार्लूले स्थानीय समयअनुसार आइतबार राति ११ बजेदेखि पुनः उडान सञ्चालन भइरहेको र उडान तालिकाअनुसार भइरहेको जानकारी दिए ।

इरानले गत मंगलबार इजरायलमाथि दोस्रो प्रत्यक्ष हमलामा करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन इरानको रिभोल्युसनरी गार्ड्सका एक जनरलसहित तेहरान समर्थित लडाकू नेताहरूको हत्याको प्रतिशोध थियो ।

त्यसयता इजरायलले इरानको आक्रमणको जवाफ दिने बताउँदै आएको छ । इरानले सुरुमा मङगलबार रातिदेखि बिहीबार बिहानसम्म दुई दिनभन्दा कम समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

त्यसपछि उड्डयन निकायले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू सुरक्षाको कारण देखाउँदै पुनः नखुल्दासम्म ग्राउन्डेड गरिएको घोषणा गरेको थियो । युरोपेली सङ्घ उड्डयन सुरषा निकायले युरोपेली एयरलाइन्सलाई अक्टोबर ३१ सम्म इरानी हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्