Logo
Logo

रेशम भन्छन्- संघीय सरकारमा जानु भुल भयो, हाम्रै कारण मुख्यमन्त्री गुमायौं


1.1k
Shares

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले संघीय सरकारमा सहभागी हुन गल्ती भएको बताएका छन् ।सोमबार आफ्नो जन्म दिनको सन्दर्भमा फेसबुक लाइभमार्फत् उनले आफ्नो निजी चाहना सरकारमा सहभागी हुने नभएको भन्दै संघीय सरकारमा सहभागी हुनु भुल भएको बताएका हुन् ।

‘महाधिवेशनबाट निर्वाचित अध्यक्षमात्र होइन, यो पार्टीलाई वीजारोपण गर्नेदेखि हुर्काउनेसम्मको दायित्व, आर्थिक, सामाजिक, नैतिक, भौतिक सबै प्रकारको बोझ मैले बेहोरेको छु, उनले भने,’ ‘ मेरो निजी चाहना सरकारमा सहभागी हुने थिएन । सरकारमा सहभागी हुने म्यान्डेट नै हामीलाई जनताले दिएका छैनन् । यो हामी कुनै पनि जनप्रतिनिधिले भुल्नु हुँदैन । सरकारमा जाने हामीसँग मत पनि छैन । सरकारमा सहभागी हुने जनताको मनको म्यान्डेट पनि छैन ।’

तर पार्टीका जनप्रतिनिधिहरूको व्यग्र चाहनालाई कहिलेकाहीँ बाध्यतावश स्वीकार गर्नुपरेको उनको भनाई छ । ‘मैले हाम्रो जनप्रतिनिधिहरूको चाहनालाई स्वीकार गर्दै अन्ततः हामी सुदूरपश्चिम लगायत संघको सरकारमा सहभागी भयौं । कत्ति ग¥यौं, गर्न सकेनौं; प्रदेश सरकारमा हामीले कत्ति गर्न खोज्यौं, ग¥यौं पनि,’ उनले भने ।

दोस्रो संस्करणमा हामी सरकारमा सहभागी हुनुहुँदैन भन्दा ठूलो तरंग पैदा भएको उनले बताए । ‘म मेरो मुद्दामा घोडाले टाप लगाएजत्तिको खडा थिएँ । राज्य सञ्चालनका कतिपय विषय रञ्जितालाई थाहा होला, रञ्जिता अन्जान छिन् । तर धेरै कुरा बुझेकी पनि छिन् । हो, त्यतिबेला सरकारमा सहभागी हुनु भुल थियो । त्यो हामीले अहिले स्वीकार ग¥यौं,’ उनले भने ।

साथै उनले पार्टीकै कमजोरीका कारण सुदूरपश्चिममा थारु मुख्यमन्त्री गुमाएको समेत बताएका छन् । उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको र त्यही कारण मुख्यमन्त्री गुमेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्