Logo
Logo

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ : शेखर कोइराला


252
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता कार्यकर्तालाई कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने गरी खट्न निर्देशन दिएका छन् ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार नेपाल दलित संघका नेताहरूसँगको भेटमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताएका हुन् ।

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनको लागि सबैले एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ छ । नेता कोइरालाले १५औँ महाधिवेशनपछि कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने प्रवृतिको अन्त्य हुने जिकिर दावी गरे । उनले अब कांग्रेसमा इमानदार र योग्यहरूको नेतृत्व महाधिवेशनबाट आउने बताए ।

प्रतिक्रिया दिनुहोस्