Logo
Logo

दसैँमा ‘सिटिजन्स डिजिटल मन्थ’ अभियान, क्यासब्याकसहित अफरैअफर


189
Shares

काठमाडौं । पछिल्लो समय बैंकहरूले डिजिटल कारोबारलाई जोड दिन थालेका छन् । जसले ठूला लागतसँगै समयको पनि बचत हुन्छ । आर्थिक कारोबार घरमै बसेर ढुक्कले गर्न सकिने भएको छ ।
 
पैसा जम्मा गर्न, ऋण लिन र तिर्नसमेत बैंकमा जानुपर्ने अवस्था अन्त्य हुँदै छ । कर्जासम्बन्धी सबै काम पनि डिजिटल माध्यमबाट हुन थालेको छ । ग्राहकलाई डिजिटलमा रूपान्तरण गर्न सिटिजन्स बैंकले अभियान नै थालेको छ । 

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न असोज महिनामा ‘सिटिजन्स डिजिटल मन्थ’ अभियान चलाइरहेको बैंकका डिपोजिट मार्केटिङ हेड पारसविक्रम थापाले बताए । डिजिटल प्रमोनसनका लागि बैंकले लाखौँ रुपैयाँ छुट्याएको छ ।

‘बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्ने मुख्य उद्देश्य हो, निक्षेप सङ्कलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि अफर ल्याएका हौं,’ उनले भने ‘खाता खोलेपछि डिजिटल कारोबार गराउने उद्देश्य छ ।

उनका अनुसार १८ लाख खाता छन् । तर, सबै खातामा सक्रिय कारोबार भइरहेका छैन । निष्क्रिय रहेकालाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न डिजिटल मन्थ योजनाले सघाउने विश्वास उनको छ । सिटिजन्स बैंकमा ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको छ । 

बैंकले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधा ल्याएको छ । यसले ग्राहकहरूलाई डिजिटल कारोबारमा अभ्यस्त हुन मद्दत गर्ने थापाले बताए । 

स्मार्ट हबमा राखिएका चेक जम्मा गर्ने मेसिनमा ग्राहकहरूले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ । क्यास डिपोजिट मेसिनमा १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा छ ।

‘सिटिजन्स डिजिटल महिना’ उत्सवमा फोनपेसँगको सहकार्यमा कम्पनीले विभिन्न आकर्षक अफरहरू ल्याएको छ ।

दसैँको लहर, सिटिजन्ससँग घर जाने रहर
यो योजना हवाई मार्गबाट दसैँ उत्सवका लागि आफ्नो जन्मस्थलमा फर्कने ग्राहकहरूका लागि लक्षित छ । यस अन्तर्गत हवाई टिकट खरिद गर्ने ग्राहकहरूले प्रतिटिकट ४०० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । यसरी हवाई टिकट खरिद गर्दा ‘प्रोमो कोड’ प्रयोग गरेर छुट पाउन सकिने छ । 

सिटिजन्स डिजिटल दक्षिणा
यो योजना सिटिजन्स बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूलाई प्रदान गरिनेछ । यो योजनाअन्तर्गत प्रतिकारोबारमा १०० रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना विजया दशमीको दिन असोज २६ गतेदेखि चतुर्दशी अर्थात् असोज ३० गतेसम्म लागु हुनेछ । यस योजनाका निम्ति प्रत्येक कारोबारमा न्यूनतम ५०० रुपैयाँ खर्च गर्नुपर्नेछ । साथै कारोबारको कैफियतमा अनिवार्य रूपमा ‘सिटिजन्स दक्षिणा’ लेख्नुपर्ने छ । नगद फिर्ता रकम अभियान समाप्त भएको ७ कार्य दिनपछि जम्मा गरिने बैंकले जनाएको छ ।

‘क्यास ब्याक’को बहार
यो योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ ग्राहकहरूलाई महिनाभरि नगद फिर्ता प्रदान गर्ने भएको छ । जसमा प्रतिव्यक्ति: पहिलो कारोबारमा १० प्रतिशत वा १०० रुपैयाँसम्म नगद फिर्ता पाउन सकिनेछ । यो योजना असोज ३० गतेसम्म रहनेछ ।

यसका निम्ति ग्राहकले कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने छ । यसमध्ये कम्तीमा एक पटक फन्ड ट्रान्सफर हुनुपर्ने, एक मर्चेन्टबाट क्यूआर कारोबार र एउटा युटिलिटी पेमेन्ट गर्नुपर्छ । प्रत्येक कारोबार न्यूनतम ५०० रुपैयाँको हुनुपर्ने र फन्ड ट्रान्सफर गर्दा ‘सिटिजन्स डिजिटल कारोबार’ उल्लेख गर्नुपर्ने छ । अभियान अवधि समाप्त भएको ७ कार्यदिन पछि नगद फिर्ता रकम जम्मा गरिनेछ ।

दसैँमा चलाऊ सिटिजन्स कार्ड
यो योजनामा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरूले प्रतिकारोबर २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्ने छन् । जसमा योजना अवधिभर एक लाख रुपैयाँको कारोबार हुनुपर्ने छ । यो योजना असोज १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ । नगद फिर्ता रकम अभियान अवधि समाप्त भएको ७ कार्य दिनपछि जम्मा गरिने बैंकले जनाएको छ । यस योजनाका लागि न्यूनतम २ पटक कारोबार हुनुपर्छ । पिओएस र ई–कमर्स कारोबारमा प्रत्येक एक हजार रुपैयाँको कारोबार गर्नुपर्छ । तर, वालेटमा गरिएको कारोबार यस योजनाका निम्ति योग्य हुने छैन ।

क्यूआर टेलर क्याम्पेन
यो योजनाअन्तर्गत सबै शाखाबाट दिनभर क्युआर कारोबार गर्ने एकजना भाग्यशाली ग्राहकलाई ‘सरप्राइज’ उपहार प्रदान गरिनेछ । सबै शाखाहरूले कारोबार गर्ने ग्राहकलाई उपहार उपलब्ध गराउनेछन् ।

मोबाइल बैंकिङ एक्टिभेसन क्याम्पेन
यो अभियान अहिलेसम्म डिजिटल कारोबार सुरु नगरेका ग्राहकहरूको लागि हो । यस योजनामा प्रतिव्यक्ति पहिलो कारोबारको १० प्रतिशत वा १०० रुपैयाँसम्म क्यास ब्याक पाइने छ । फोनपेले लक्की ड्रमार्फत ३ वटा मोबाइल फोन (भ्याट बाहेक रु. २० हजार मूल्य बराबरका) उपलब्ध गराउनेछ । यसका निम्ति फन्ड ट्रान्सफरमा न्यूनतम ५०० र युटिलिटी पेमेन्टमा २०० रुपैयाँको कारोबार हुनुपर्ने छ ।

डिजिटल रेमिटेन्स प्राप्ति क्याम्पेन
‘पाऊँ विदेशबाटै पैसा घर बसी बसी, सिटिजन्सले अझै पैसा थप्दा झन खुसी’ नारासहित यो क्याम्पेन चलाइएको छ । यसमा मोबाइल बैंकिङ प्रयोग गरी रेमिट्यान्स प्राप्त गर्ने ग्राहकहरूले पुरस्कार प्राप्त गर्नेछन् । यस अभियानमा बैंकका ग्राहकले न्यूनतम रकम ५ हजार रुपैयाँको कारोबार गर्नुपर्नेछ । यो योजनामा ग्राहकले एक सय रुपैयाँ नगद फिर्ता पाउनेछन् ।

स्मार्ट बचत खाताः नगद फिर्ता र उपहार
सिटिजन्स स्मार्ट बचत खाता पूर्णरूपमा डिजिटल उत्पादन हो । सिटिजन्स डिजिटल महिनाको अवसरमा स्मार्ट बचत खातावालहरूलाई विभिन्न अफर प्रदान गरिने बैंकले जनाएको छ । जसमा मोबाइल टप अपमा ग्राहकले १०० रुपैयाँ वा १० प्रतिशतसम्म पाउनेछन् । यो अभियान असोज महिनाभर सञ्चालन हुनेछ ।

त्यसैगरी, १४ भाग्यशाली ग्राहक (प्रत्येक प्रदेशबाट दुई जना) ले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यसका लागि ग्राहकले एक महिनाको अवधिमा ५० हजार रुपैयाँको कारोबार गर्नुपर्नेछ ।

पुरस्कार रकमको लागि ग्राहकले असोज महिनामा स्मार्ट बचत खाता खोलेको हुनुपर्नेछ । मोबाइल बैंकिङमार्फत कम्तीमा एउटा मोबाइल टपअप गर्नुपर्नेछ । असोज १ देखि ३० गतेसम्म स्मार्ट बचत खाता खोल्ने र कम्तीमा एउटा कारोबार गर्ने ग्राहक गिफ्ट ह्याम्परको लागि योग्य हुनेछन् ।

मोबाइल टप अप अफर
सिटिजन्स डिजिटल महिनाको अवसरमा मोबाइल टपअप गर्ने ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्नेछन् । बैंकले भाग्य चिठ्ठा प्रयोग गर्ने छ । ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा बढीको मोबाइल टपअपमा ‘लक्की ड्र’मा सहभागी बन्न पाउनेछन् । जसमा ५० जना विजेताले १०० रुपैयाँको टपअप र अन्य ५० जनाले १५० रुपैयाँको डेटा प्याक प्राप्त गर्नेछन् ।

थप उपहारमा क्याम्पेन अवधिभर ग्राहकले रू. १०० वा सोभन्दा बढीको टपअप गर्दा ४ जनाले मेगा उपहार प्राप्त गर्नेछन् ।

पुरस्कारमा एयर फ्रायर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र ब्लेन्डर समावेश छन् । यस अभियानमा ग्राहकहरूलाई सक्रिय रूपमा मोबाइल बैंकिङ प्रयोग गर्न उत्प्रेरित गर्ने बैंकको विश्वास छ । 

भर्चुअल क्रेडिट कार्डमा नगद फिर्ता
नेपालको आफ्नै पहिलो भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५० प्रतिशत नगद फिर्ता गरिने बैंकले जनाएको छ । तत्काल ५० प्रतिशत नगद फिर्ता योजना सेप्टेम्बर १२ देखि लागू भएको छ । सीमित अवधिको लागि वा तोकिएको यो योजनामा प्रतिग्राहकले अधिकतम एक हजार रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् । सिटिजन्स फोन पे क्रेडिट कार्ड प्रयोग गरी गरिएका सबै कारोबारहरूमा नगद फिर्ता लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्