Logo
Logo

प्रधानमन्त्री दैवी प्रकोप कोषमा प्राइम कमर्सियल बैंकको ३१ लख सहयोग


252
Shares

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकले ३१ लख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज आयोजित एक समारोहमा उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

अघिल्लो साता परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको अकल्पनीय दुःखद घटनामा बाढीपीडितहरुको तत्काल राहत सहयोगार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिएको बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्