Logo
Logo

विपद्को उडान सारथि बन्दै हिमाल एयरलाइन्स 


693
Shares

काठमाडौं । नेपाली समाजमा एक सुपरिचित उखान छ- ‘टाढाको देउताभन्दा करेसाको भूत काम लाग्छ’ । यतिखेर यस उखानलाई चरितार्थ गरिदिएको छ, हिमालय एयरलाइन्सले । विगतमा देश विपत्तिमा परेका बेलाजस्तै हालको बाढीपहिरो विपद्मा पनि हिमाल एयरलाइन्सले थप सेवा विस्तार गरेको छ ।

अहिले नेपालीहरूको महान् पर्व दसैँ भित्रिसकेको छ । बाढीपहिरोले देश भयावहको स्थितिमा छ । मुख्य धेरै राजमार्गहरू बन्द छन् । तर, हिमाल एयरलाइन्सले दसैँ मनाउन गाउँ फर्कने नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउँदै आएको छ । 

बाढीपहिरोले राजमार्गहरू अवरोधपछि साना विमानमा यात्रुको चापलाई मध्येनजर गर्दै हिमालय एयरलाइन्सले पोखरा र भैरहवामा पनि उडान गर्ने भएको छ । हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

अविरल वर्षका कारण बाढीपहिरोले राजमार्गहरू अवरोध भएपछि निगम र हिमालय एयरलाइन्सका न्यरोबडी विमान पठाउन सरकार पनि सकारात्मक रहेको छ । पर्यटन राज्यमन्त्री अरुण चौधरीले गएको साता भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको बताए ।
उनले हिमालयलाई पनि यात्रुको चाप अनुसार, पोखरा र भैरहवामा उडान अनुमति दिन सरकारले पहल गरिरहेको बताए । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई अनुमति दिए दसैँ नै अघि पोखरा र भैरहवा उडान भर्ने छ । 

यसअघि कोभिड– १९ महामारीमा पनि हिमाल एयरलाइन्सले महत्त्वपूर्ण योगदान दिएको थियो । विदेशबाट स्वास्थ्य सामग्री ल्याउने, नेपालका नागरिकलाई उद्धार उडानबाट सम्बन्धित मुलुकमा लैजाने महत्त्वपूर्ण जिम्मेवारी निभाएको थियो । 

विसं २०७२ मा भारतले गरेको नाकाबन्दीका बेला एयरलाइन्सले आपत्कालीन तथा उद्धार उडान गरेको थियो । हरेक संकटमा हाजिर छ । यो राष्ट्रका लागि ठूलो योगदान हो ।

प्रतिक्रिया दिनुहोस्