Logo
Logo

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक युवकको मृत्यु


378
Shares

काठमाडौं । गएराति कञ्चनपुरको पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी रहेका छन् ।

सोमबार राति साढे १ बजेतिर नाचगान हेरेर मोटरसाइकलमा घर फर्किँदै गरेका चौधरीको हात्तिको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । प्रहरीका अनुसार उनीसँथगगै आएका अन्य दुई साथीले भागेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्