Logo
Logo

काठमाडौंको फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै अनेरास्ववियुको आपत्ति


567
Shares

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा फोहोर व्यवस्थापन नगरेको भन्दै आपत्ति जनाएको छ ।

काठमाडौं महानगरपालिकाको बल्खु, त्रिपुरेश्वर थापाथली लगायतका सुकुम्वासी बस्तीमा असोज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीले थुपारेको फोहोर सफा नगरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

बाढीका कारण सिर्जित फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका र विपद् व्यवस्थापन समितिको ध्यान नगएको भन्दै सोमबार अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

फोहोर व्यवस्थापनका सम्बन्धमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज धर्मराज तिमल्सिनाले जानकारी दिए ।

बाढीपीडित आमनागरिकहरुको घाउमा मलम लगाउनु, विपद् प्रतिकार्य, विपद् पूनर्लाभ र समग्रमा विपद् व्यवस्थापनका कार्यमा सक्रिय रहनुको सट्टा जिल्ला विपद् व्यवस्थापन समिति, महानगर विपद् व्यवस्थापन समिति, वडा स्तरीय विपद् व्यवस्थापन समिति लगायत सबै संयन्त्र अझै पनि बेखर जस्तो रहनु आपत्तिजनक रहेको अनेरास्ववियुले जनाएको छ ।

काठमाडौंमा रहेका ती सुकुम्वासी बस्तीका बासिन्दाले महानगर समक्ष पटक पटक गुहार माग्दा पनि सम्बोधन नगरेको अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्