Logo
Logo

रहस्यमय गुप्तचर प्रमुख


13k
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भारतीय खुफिया एजेन्सी ‘रअ’को चंगूलमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग भारतीय खुफिया एजेन्सीको चंगूलमा परेको हो ।

‘विभागका गतिविधि शुन्य जस्तै छन्, सरकारी निकायका निर्णयहरू मुख्यसचिवलाई भन्दा पहिला दूतावासलाई थाहा हुन्छ, सूचना कहाँबाट जान्छ, हामीले यसको खोजी गरिरहेका छौँ । विभागका कर्मचारीहरूले यो विषयलाई गम्भीरतापूर्वक नलिएका कारण सरकार विभागको नेतृत्वबारे सोच्न बाध्य हुँदैछ’ स्रोतले भन्यो ‘विभागका प्रमुख नै पटक–पटक देश छाडेको देखिएको छ ।’

दशैँलगत्तै सरकारको सय दिने कार्यक्रमहरू तयार पार्न कर्मचारीलाई निर्देशन गइसकेको छ । यस्तो अवस्थामा सरकारले गरेका कामकारबाहीको मूल्यांकन गर्ने, तथ्य तथ्यांकहरू संकलन गर्ने, सीमा क्षेत्रको मात्र होइन, सरकार कर्मचारी, राजनीतिक व्यक्तित्व तथा अन्य विभिन्न गतिविधिमा संलग्न व्यक्तिहरूको गोप्य सूचना संकलन गर्ने निकाय नै चुपचाप रहेको छ ।

यसको कारण भनेको माओवादी निकट व्यक्ति गुप्तचर प्रमुख हुनु नै हो । उनले नेपालको सूचना सरकारलाई दिनुभन्दा पनि पहिला विदेशीलाई बुझाउने गरेको प्रधानमन्त्रीनिकट रहेका कर्मचारीको बुझाई छ । साथै, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख प्रधानमन्त्रीप्रति जवाफ देही हुनभन्दा पनि माओवादी अध्यक्ष प्रचण्डप्रति जवाफदेही हुन थालेको र प्रधानमन्त्री कार्यालयका सबै सूचना प्रचण्डलाई पुर्याउने गरेको स्रोतको दाबी छ ।

यसअघि पनि केपी शर्मा ओली विपक्षी दलको नेता हुँदा उनको घरमा नेताहरु आउजाउ गरेको सबै विवरण प्रचण्डकोमा पुर्याउने गरेको आरोप उनीमाथि कायमै छ ।

यतिमात्र होइन विभागका प्रमुख अहिले भारतमा पुगेर आएका छन् । विभागका प्रमुख थापा भारतीय खुफिया एजेन्सी ‘रअ’को कार्यालयमा पुगेका हुन । असोज १६ विभाग प्रमुख दिल्ली पुगेका थिए । नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१७ मा हुतराज र विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्य काठमाडौंबाट गएको विभागको उच्च स्रोतले भन्यो । उनी आइतबार साँझ काठमाडौं फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्