Logo
Logo

 नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्धारा बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण


378
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरुलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको छ । 

बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडा भित्र रहेका ३७३ बाढीपहिरो प्रवाहित घर धुरिहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि दैनिक उपभोग्य सामाग्रीहरू वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्