Logo
Logo

एमाले नेता पासाङ शेर्पालाई बहुविवाह कसुरमा एक वर्ष कैद


5.2k
Shares

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाहमा दोषी ठहर भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको हो ।

अदालतले शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना ठहर गरेको छ । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो ।

पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । उनको निवेदनमा उच्चले सुरुमा सदर गर्ने फैसला सुनाएको हो । खरेलले शेर्पा पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्