Logo
Logo

काठमाडौँबाट पनि मनसुन बहिर्गमन


378
Shares

काठमाडौं । यही असोज २० गतेबाट बाहिरिन थालेको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बहिर्गमन भएको छ ।

नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट असोज २० गते मनसुन बाहिरिएको थियो ।

आज काठमाडौँ उपत्यकासहित बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको हो।

हाल कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्