Logo
Logo

भीम र मेलिनाको ‘समयले नेटो काटेपछि’ (भिडियो)


441
Shares

काठमाडौं । गायक भीम लिम्बू र अहिलेकी चर्चित गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘समयले नेटो काटेपछि’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।

पूर्वेली गीतसंगीतका लागि चर्चित गायक भीम हालै सार्वजनिक यस गीतमा फरक सुनिएका छन् । ‘धानै नाचिन्छ’, ‘हातै काटेर’ जस्ता चर्चित पूर्वेली भाका समेटिएको गीतका गायक भीम र मेलिनाले गाएको ‘समयले नेटो काटेपछि’ टोटल्ली लभसङ हो । वियोगात्मक प्रेमभावको यस गीतलाई धनु याख्खा ‘कम्फेहाङ कान्छी’ले लेखेका हुन् । भनिन्छ, यो गीत गीतकारको जीवन भोगाईमा आधारित छ ।

युवराज वाइबाले निर्देशन गरेको उक्त गीतको भिडियोमा अहिले चलेका मोडल पुष्प खड्का र अलिखा याख्खाले अभिनय गरेका छन् । भिडियो डार्क शैलीमा निर्माण गरिएको छ ।

यस गीतबाट गायक भीम निक्कै आशावादी छन् । हालैमात्र ‘जुरी अवार्ड’बाट सम्मानीत भएका भीमले भने, ‘पछिल्लो समय मेरा लागातार गीतहरु आइरहेका छन् । तर, यो गीतबाट आशावादी छु ।’ भीमले ‘११औँ छायाँछवि तीज म्युजिक अवार्ड–२०८१’मा जुरी अवार्ड पाएका थिए ।

एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका गायक भीमको हालैमात्र ‘खुल्यो है खुल्यो’ गीतको भिडियो आएको थियो । त्यसअघि उनको ‘मिम्जिमा ए’ बोलको लिम्बू कल्चरल पालम गीत ल्याएका थिए । याक्थुङ युथ एसोसिएन (वाइवाईए)का अध्यक्षसमेत रहेका भीमका ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’जस्ता गीतहरु लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्