Logo
Logo

लिम्बू भाषामा किशोरको ‘ए फूङ’ दीपा र मनिले गाए (भिडियो)


567
Shares

काठमाडौं । निर्देशक किशोर सुब्बा निर्मित नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो समय अमेरिकालाई कर्मथलो बनाउँदै आएका निर्देशक सुब्बाले लिम्बू भाषाको ‘ए फुंङ’ बोलको गीत लिरिकल भिडियोमा ल्याएका हुन् ।

लिम्बू भाषा लोपोन्मुख अवस्थामा पुगेको भन्दै उनले युवापुस्ता जहाँको संस्कारमा हुर्कियो, त्यहीँको भाषा, संस्कृति र संस्कार अँगाल्ने सोचसहित उक्त गीत तयार गरेको निर्देशक सुब्बाको भनाइ छ ।

संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशमूलक रहेको जिकिर गर्दै उनले गीत ‘ए फुंङ’ ल्याएको बताए । उक्त भिडियो जेपिजे इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
यस गीतमा शब्द बिवस वेनाम, स्वर मनि ताम्लिङ, दीपा सुहाङको रहेको छ भने संगीत, एरेन्ज, मिक्सिङ, रेकर्डिङ ताम्लिङकै छ ।

प्रतिक्रिया दिनुहोस्