Logo
Logo

कुलमानको कार्यकारी अधिकार खोस्ने सरकारको तयारी


2.1k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मंगलबार घिसिङलाई स्पष्टीकरण सोधेको हो ।

लेखा समितिमा परेको उजुरीलगायत विषयमा ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो । मंगलबार सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । बिहान ११ बजे बस्ने बैठकका लागि राति साढे ९ बजे पत्राचार गरिएको थियो । तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन ।

सरकारले घिसिङको बोर्ड सञ्चालक समितिको कार्यकारी अधिकार खोस्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्