Logo
Logo

भारतद्वारा बाढी र पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण


189
Shares

काठमाडौं । हालै आएको बाढी, पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार नेपालगञ्ज आइपुगेको राहत सामग्रीको दोस्रो खेप भारत सरकारका दित्तिय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई हस्तान्तरण गरे ।

भारतबाट अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लामखुट्टेको जाली, लाइफ ज्याकेट, सुत्ने म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर डुङ्गा र मोटर सहितको २१.५ टन मानवीय सहायताको खेप आज नेपालगञ्ज ल्याइएको हो । राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ।

भर्खरै आएको बाढी र पहिरोबाट परेको विनाश पछि सबै प्रकारको सहयोग प्रदान गर्न भारत सरकार प्रतिबद्ध रहेको नेपालस्थित दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्