Logo
Logo

गोरखाकाे पालुङटारमा एक महिलाको हत्या


441
Shares

गोरखा । गोरखाको पालुङटारमा एक महिलाको हत्या भएको छ । पालुङटार नगरपालिका वडा नम्बर–७ की २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजेतिर अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनको उपचारको क्रममा विहीबार बिहान दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो ।

सुरुमा उपचारका लागि उनलाई तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो । दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलमा मोबाइल बरामद भएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्