काठमाडौं । पुण्य गौतममाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ परेका छन् ।
प्रहरीले काभ्रेपलान्चोक घर भई हाल भक्तपुर बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ र रसुवा नवकुण्ड पाउँपालिका– ५ घर भई हाल काठमाडौं गोकर्णेश्वरबस्ने ४१ वर्षीय दिल बहादुर गङदानलाई पक्राउ गरेको हो ।
तामाङ र गङदनको साथबाट एक थान रड र तीन थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यान माने उद्योगमा अनुसन्धान भइरहेको जिल्ला परिसर काठमाडौंका सूचना अधिकृत प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाकारी दिए ।
गत सोमबार राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरेका थिए । घरअगाडि बाटोमा हिँडिरहेका बेला एक समूहले उनीमाथि आक्रमण गरेको थियो ।
कुटपिटबाट गौतम घाइते भएका छन् । अहिले उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा गौतमको उपचार भइरहेको छ ।