Logo
Logo

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्ट ट्रेडिङ


189
Shares

काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।

यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्