Logo
Logo

राजदेवीमा चढाइयो १५ हजार बोकाको बलि


315
Shares

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि चढाइएको छ । यसवर्ष सप्तमी तिथिमै बलि चढाइएको हो ।

बिहीबार साँझ ८ः३८ बजेदेखि बिहान ४ः०५ बजेसम्म बलि दिइएको हो । साढे ७ घण्टामा १५ हजार ४ बोकाको बलि दिइएको महावीर युवा कमिटीका महासचिव चन्दन नागबंसीले बताए । उनका अनुसार रसिदबाट १४ हजार ६५२ बलि चढेको छ ।

आयोजक कमिटीले ९ र सरकारी निकायबाट ९३ वटा बलि चढाइयो । यसबाहेक २५० वटा बोकाको बलि निःशुल्क चढेको छ । मन्दिरमा बलि चढाउन प्रति बोकाको तीन सय रुपैयाँ आयोजकले उठाएको छ । बलि चढाएबापत ४३ लाख ९५ हजार ६ सय रूपैया संकलन भएको बताइएको छ ।

गत वर्ष १५ हजार २५१ बोकाको बलि दिइएको थियो । राजदेवी माताको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्