Logo
Logo

खोटाङबाट काठमाडौं जाँदै गरेको सुमो बीपी राजमार्गमा पहिरोले पुरियो


2k
Shares

सिन्धुपाल्चोक । बीपी राजमार्ग सुक्खा पहिरो खसेर गाडी पुरिएपछि फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोमा पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको प्रहरीले जनाएको छ ।

काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्लेमा सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ज. ६८१७ नम्बरको सुमो पुरेको छ । यस्तै, सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई समेत सोही पहिरोले रोशी खोलामा धकेलेको छ ।

माथिबाट सुक्खा पहिरो झरिरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर, केहीबेरमै सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काले बताइन् । उनका अनुसार राजमार्ग खुलाउने प्रयास भइरहेको छ । केही समयपछि सडक ख्ुल्न सक्ने उनको भनाइ छ ।

पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्