Logo
Logo

सुन व्यवसायीमाथि कुटपिट गर्नलाई छानबिन गरी कारबाही गर्न माग 


प्रेमचन्द्र झा

0
Shares

रौतहट ।  नेपाल सुन चाँदी रत्नआभुषण व्यवसायी संघ रौतहटले संघका सचिव चन्दन सागरमाथि कुटपिट गर्नेलाई  छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । 

सचिव सागर  मङ्गलवार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात समूहद्वारा आक्रमण भएका थियो । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले उक्त घटनाको भर्त्सना गर्दै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् । 

उनले व्यापारीहरूको ज्यान धनको सुरक्षा व्यवस्था मिलाउन समेत माग गरेका छन् ।  अध्यक्ष साहले अचेत अवस्थामा रहेका सचिव सागरको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्