Logo
Logo

बडादशैं : कुन देशमा कति बजे छ टीकाको साइत ?


252
Shares

काठमाडौं । बडादशैंको आज अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । उदाहरणका लागि अष्ट्रेलियामा दशैंको टीका नेपालभन्दा एक दिन ढिलो अर्थात् १३ अक्टुबर (असोज २७ गते) परेको छ ।

प्रतिक्रिया दिनुहोस्