Logo
Logo

१० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरियो


441
Shares

काठमाडाैं । १० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरिएको छ । साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाण्डौ उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मौसम बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो ।

आज बाग्मती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बाहिरिएको महाशाखाले बुलेटीनमा उल्लेख गरेको छ । यो वर्ष सामान्य समय भन्दा तीन दिनअघि अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।

यसैबीच, दशैँको मुख्य दिन आज कोशी प्रदेशको एक/दुई ठाउँमा पानी पर्न सक्ने सम्भावना रहेपनि बाँकी अरु ठाउँमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि अरु क्षेत्रमा वर्षाको सम्भावना भने नरहेको मौसमविद् राजु प्रधानाङ्गाले जानकारी दिनु भयो । स्थानीय वायुका कारण कतै कतै भने छिटफुट वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्