Logo
Logo

श्रीमतीले डिभोर्स मागेपछि…


693
Shares

रुकुम पश्चिम । दसैं टीकाको दिन झोलुंङ्गे पुलबाट हाम फालेका युवकको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय बुद्धिराम बोहराले शनिबार दिउँसो ४ बजेतिर स्थानीय झोलुंङ्गे पुलबाट हाम्फालेका थिए ।

मठ र सल्ले जोड्ने झोलुङगे पुलबाट हाम फालेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी नवराज पोख्रेलले बताए । पुलबाट करिब ६ सय मिटर मुनि बोहराले हाम्फालेका थिए ।

सांकेतिक तस्बिर

प्रहरीको पारम्भिक अनुसन्धान अनुसार श्रीमतीले डिभोर्स मागेपछि उनले पुलबाट हाम फालेको खलेको छ । डिएसपी पोख्रेलले भने, ‘घरायसी समस्या देखिन्छ । श्रीमतीले डिभोर्स मागेको हुँदा मरिदिन्छु भन्दै हाम फालको भन्ने खुलेको छ ।’ उनले थप कुरा अनुसन्धान पछि मात्र खुल्ने बताए ।

एक युवकले पुलबाट हामफालेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक नेतृत्वको ११ सदस्य टोली घटनास्थल पुगेको थियो । बोहराको शव जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्