Logo
Logo

जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि हत्या


1.8k
Shares

डडेल्धुरा । डडेल्धुरामा हिजो मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । पोखरा बजारमा ‘भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ’ सञ्चालन गरिरहेका भण्डारीले पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकारेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

तर उनले किशोरीको हत्या गर्नुको कारण भने अझै नखुलाएको प्रहरीले बताएको छ । स्थानीयले भने किशोरीको बलात्कारपछि हत्या गरिएको दावी गर्दै आएका छन् ।

‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको पनि हुनसक्छ’, प्रनाउ श्रेष्ठले भने, ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, आएपछि खुल्छ ।’

किशोरीले आफू भारत जाने र केही पैसा चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्