Logo
Logo

खुल्ला आँखा र सपना: महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज (भिडियो)


189
Shares

काठमाडौं । छेउमा बुलेट बाइक । जिन्सको ग्रन्च पाइन्ट लगाएकी एक किशोरी रुखको ठुटामा बसेर मोबाइलमा गेम खेलिरहेकी हुन्छिन् । त्यहीबेला उनीकी आमाले दाजुले विदेशबाट पठाएको सामान ल्याउन बजारसम्म जान अर्‍याउँछन् । 

जहाँ उनको विवाहको समेत कुरा समेत उठ्छ । आमाले विवाहको कुरो गर्नसाथ किशोरीले नसुनेजस्तो गर्छिन् । अनुहारले विवाह अस्वीकार गरेको प्रस्ट भाव दिलाउँछ । 

किशोरी आफ्नो ‘ग्याङ’सँग बुलेट बाइकमा हुइँकिन्छिन् । त्यति मात्रै होइन, उनी मोबाइलमा पब्जी/फ्रिफायर र क्यारेमबोर्ड खेल्छिन् । उनको इच्छा, भावना र व्यवहार पुरुषको जस्तो हुन्छ ।

दाजुले विदेशबाट पठाएको सामान लिन जाँदा सँगै स्कुल पढेको एक पुरुष साथीलाई पनि लिएर आउन आमाले अर्‍याउँछन् । किशोरी एक्लै जाँदैनन् । आफ्नो ‘ग्याङ’ बोलाउँछिन् । विदेशबाट आएका साथीलाई किशोरीले बाइक पछाडि राखेर घरसम्म पु¥याइदिन्छिन् । 

याम हिन्दू नेपालीहरूको महान् पर्व दसैँको हुन्छ । किशोरीले आफ्नो ‘ग्याङ’सित चङ्गा उडाइ रहेकी हुन्छन् । ती विदेशबाट आएको साथीले उनको चङ्गा चटै गरिदिन्छन् । किशोरीले सहन सक्दिनन् । ती साथीको चङ्गाको डोरी नै चुढाइदिन्छन् । 

जब किशोरीको इन्गेजमेन्ट डेट आउँछ । किशोरी त्यहीँ विदेशबाट आएका साथीसँग भागिदिन्छन् । उक्त दृश्य ‘खुल्ला आँखा र सपना’ बोलको गीतको म्युजिक भिडियो हो । जहाँ मुख्य भूमिका सविना राउत र किरण पुन्जको रहेको छ । 

बडादसैँको अवसर पारेर उक्त भिडियो बिहीबार किरण पुन्ज युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । जुन गीतमा भूगोलराज दाहालको शब्द सङ्गीत, राजेन्द्र वाईबाको सङ्गीत संयोजन र किरण पुन्जको स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा राउत र गायक पुन्जसँगै नम्रता खरेल, रवि श्रेष्ठ, रिया नापित, अर्जुन कार्की र इशिका सहकर्मीको पनि अभिनय रहेको छ । कमल प्रजापति निर्देशन रहेको गीतको भिडियोमा नितेश लामाले सिनेमाटोग्राफी गरेका छन् । भिडियोमा सविना र किरणको अव्यक्त प्रेमसँगै महिला स्वतन्त्रताको कुरालाई प्रस्तुत गरिएको छ ।

मुख्य भूमिकामा रहेकी सविनालाई ‘लेडी बाइक राइडर’को रुपमा देखिएकी छन् । जसले महिलाले चलाउने स्कुटर हो भन्ने सामाजिक गलत मानसिकता चिर्ने प्रयास गरेको छ । बाइक चढ्नु सामर्थ्यको कुरा मात्र होइन, महिलाले यो/त्यो गर्नुहुँदैन र गर्न सक्दैनन् भन्नेहरूलाई जवाफ पनि हो । 

त्यस्तै मुख्य पात्र  सविनालाई यथास्थिति र परिवर्तनबीचको महिला भूमिकामा प्रस्तुत गरिएको छ । महिलाका इच्छा, सोच र भावना पुरुषको जस्तै हुने र त्यसलाई समाज र परिवारले आफ्नै अनुकूलतामा उपभोग गर्ने खोजे महिलाहरू विद्रोह गर्न पछि नहट्ने सन्देश दिइएको छ । 

भिडियो

प्रतिक्रिया दिनुहोस्