Logo
Logo

प्रेम आलेमाथि करोडको आरोप


1.3k
Shares

काठमाडौं । तत्कालीन समयमा नारायणहिटी दरबारभित्र क्याफ्टेरिया सञ्चालन गर्ने बतास काण्डमा चर्चा कमाएका पर्यटनमन्त्री प्रेम आलेमाथि प्रदीप अधिकारीको नियुक्तिलाई लिएर करोडौँको आर्थिक चलखेलको आरोप लागेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विवादास्पद व्यक्ति अधिकारीलाई महानिर्देशक बनाएकोमा आलेमाथि करोडौँ आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।

त्यतिबेला आलेले ६ जना वरिष्ठ कर्मचारीलाई पन्छाएर ११ औँ तहका कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई प्राधिकरणको महानिर्देशक पदमा मनोनयन गरेका थिए । आलेको सिफारिसमा उनी महानिर्देशक भएका थिए ।

अधिकारीले त्यतिबेला आफूलाई एमाले निकट प्राविधिक समूहका कर्मचारी भएको दाबी गरेका थिए । आलेले नियुक्ति गर्नुअघि उनी एमाले निकट इञ्जिनियरहरुको प्रगतिशील समूहमा सम्बद्ध थिए । इञ्जिनियरहरुको चुनावमा उनले प्रगतिशील इञ्जिनियरहरुको तर्फबाट महासचिव पदमा उम्मेदवारी दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अर्बौँका आयोजनाहरूमा आयोजना प्रमुख भएर उनले काम गरेका थिए । ती आयोजनाहरूमा आयोजना प्रमुख हुँदा उनले अरबौँ हिनामिना गरेको आरोप उनीमाथि लागेको छ ।

यसै विषयमा अख्तियारले उनीमाथि बयान पनि लिएको छ । त्यतिबेला अधिकारीलाई हालका सांसद धनबहादुर बूढाले माधव नेपाललाई भेट गराएर प्रेम आलेसँग समेत नजिक गराएको स्रोतको दाबी छ । एमाले विभाजनपछि बुढा नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

प्रतावबाबु तिवारी, भोला गुरागाईँ, देवचन्द्रलाल कर्ण, हंशराज पाण्डे, गोविन्द दाहाल र प्रेमचन्द्र ठाकुरलाई पाखा लगाएर आलेले अधिकारीलाई महानिर्देशक पदमा मनोनयन गरिएपछि एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकमा समेत उक्त नियुक्तिको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्